अतियथार्थवादी शैलीमा काम गर्न रुचाउने कलाकार किशोर ज्योतिको
'प्रस्तर कवि’ शीर्षकको यो कला ढुंगा र भावसँग सम्बन्धित छ ।
“अन्नपूर्ण आधारशिविर सर्किटमा जाँदा एक बिहान आँखाअगाडि
ठूलो पहाड अनि त्यसमा बगिरहेको झरना देखेँ, मलाई
लाग्यो–पहाँडको झरनामार्फत आफ्नो भाव पोखिरहेको छ,
यो कला त्यसैको उपज हो”, ज्योति भन्छन् ।